ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया

लुम्बिनी दर्पण २०७८ मंसिर २६, आईतवार १८:२६
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कपिलवस्तु र बाणगंगा मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको हो ।

बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न समस्या तथा सल्लाह सुझाव आएका थिए । शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयका विद्यार्थीहरुले शुल्क तिनुपर्ने, विद्यार्थीहरुको अनुपस्थिती, विद्यार्थीहरु बस्ने कार्यालयमा टिनको छानो हुँदा समस्या भएको लगायतका समस्या आएका थिए ।

त्यस्तै कोरोनाका कारण अध्यापन नहुँदा पनि शुल्क तिर्नुपरेको, सरकारले निःशुल्क शिक्षा भनेता पनि अनेक बाहानामा विद्यालयले शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका थिए । विद्यार्थीहरुलाई प्रदान गरिने सेनेटरी प्याड गुणस्तरिय नभएको विद्यार्थीहरुले गुनासो गरेका थिए ।

त्यस्तै बैकल्पिक शिक्षा प्रभावकारी ढंगले संचालन नभएको, अभिभावक शिक्षक संघ सक्रिय नभएको, सामुदायिक विद्यालय प्रति अभिभावकहरुको दायित्व बोध नहुनु र प्राविधिक शिक्षा तथा कम्प्युटर कक्षा प्रभावकारी नहुनु लगएतका गुनासाहरु आएका थिए ।

यसैगरी बजार अनुगमन हुन नसक्नु, कृषि शाखामा प्राबिधिकको संख्यामा कमी हुनु, फर्म दर्ता गर्न लालपुर्जा भएको जग्गा हुनुपर्ने जसले साना फर्मले सेवा तथा अनुदानबाट बन्चित हुनु, कोभिड १९ कोरोना भाइरसका कारण रोजगारी गुमाएका युवा लक्षित कार्यक्रम हुनपर्ने सुझाव प्राप्त भएका थिए ।

कार्यक्रममा ईन्सेक प्रतिनिधि पार्वती आचार्यले कार्यक्रमको बारेमा प्रकाश पार्दै संविधानमा व्यबस्था गरिएका मौलिक हकको बारेमा स्पष्ट पार्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धीका हक अधिकारबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणि अर्यालले नगरवासीलाई शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी हक अधिकारको महशुस गराउन सबै सरोकारवासंग छलफल गरि अगाडि बढ्ने बताए । उनले ईन्सेकले विगत देखिनै यस्ता कार्यक्रम गर्दै आएको र यी कार्यक्रमले निति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले कुनै पनि विद्यालयले अतिरिक्त सेवा सुविधा बाहेक शुल्क नलिएको बताउदै त्यसको अनुगमन गर्ने बताए । उनले नगरको शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिका सदैव तत्पर रहने बताए ।

त्यस्तै कृषि शाखा प्रमुख लेष बहादुर केसीले कृषकले खाद्य वस्तुमा बिषादिको प्रयोग कम गनुपर्नेमा जोड दिएका थिए । मलखादका लागि नगरका २१ वटा सहकारी छनोट गरि क्षेत्रफलको आधारमा कोटा निर्धारण गरिएको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्तले महिला, वालवालिका तथा ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि नगर प्रतिवद्ध रहेको बताईन् ।

स्वास्थ्य शाखाका अधिकृत भक्तिराम पाण्डेले स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा जानकारी दिंदै स्वास्थ्य सामगी्रको अभाव हुन नदिने गरि अगाडि बढेको बताए ।

कार्यक्रममा वास अधिकारकर्मी नारायणी पाण्डे, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष टिकाराम पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

नेपाल शिक्षक महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष दिना सुवेदी कमालले सरकारले निःशुल्क शिक्षा दिने भनेता पनि विद्यार्थीहरुले शुल्क तिनुपर्ने, सेनेटरी प्याडमा गुणस्तरियता नभएकाले यस तर्फ ध्यान दिन आवश्यक रहेको बताईन् । त्यस्तै अध्यक्ष कमलले समाजमा सबै विद्यार्थीको आर्थिक स्तर बलियो नभएकाले दिवा खाजालाई प्राथमिकबाट माध्यमिक तहसम्मका विद्यार्थीलाई खुवाउनुपर्ने बताईन् ।

बाणगंगा मानव अधिकार समुहका सल्लाहकार चेतना अधिकारीको स्वागत तथा सचिव मधु पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गजेहडा स्वास्थ्य चौकी प्रमुख दोर्ण प्रसाद बेल्बासे, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष हरि अधिकारी, संचारीका समुह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे, कपिलवस्तु जिल्ला सदस्य भगवती न्यौपाने, बाणगंगा मौरीपालन तथा मह उत्पादन सहकारी संस्थाका ब्यबस्थापक नेत्र प्रसाद शर्मा, वाल अधिकार चेतना समुह वाल मावि वैरीया र झण्डा माविका विद्यार्थीहरु, अपांग उत्थान समाज, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ मंसिर २६, आईतवार १८:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान
  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते
  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई
  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती
प्रतिक्रिया

यो पनि पढौँ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech