
प्रकाश गौतम
मङ्सिर २८, मणिग्राम,
रुपन्देहीको तिलोत्तमा ८,४ नं मा . लागुपदार्थ दूव्र्यसन विरुद्ध सचेतना कार्यक्रम’ समन्धी कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ८,४ नं मा रहेको नवज्योति इङ्गलिश बोर्डिङ्ग स्कुलले आज ‘लागुपदार्थ दूव्र्यसन विरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न गरेको हो ।
युवाहरु लागुपदार्थको दुव्र्यसनमा फस्ने क्रममा बृद्धि हुदैँ गइरहेको र यसले सामाजिक तहमा आर्थिक, नैतिकका साथै प्रतिष्ठामा विकृति उत्पन्न भैरहेको भन्दै बिद्यालयले सचेतना मलकु कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रशिक्षक इलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक नुरराज शाहीले लागुपदार्थ दूव्र्यसनीका असर, सामाजिक प्रभाव, रोकथामका उपाय बारेमा प्रशिक्षण दिनुभयो । यसैगरी कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पङ्कज चुँदालीले समाज र प्रहरी बिच बढेको दुरीलाई हटाउनुपर्ने, लागुपदार्थ लगाायत विभिन्न किसिमका अपराध, चोरी, आत्महत्या लगायतका विषयमा चेतनामुलक प्रशिक्षण कार्यक्रम तुरुन्त ल्याउने आदि विषयमा प्रकाश पार्नुभयो ।
कार्यक्रमका बिद्यालयका अध्यक्ष लक्ष्मण ज्ञवालीले लागुपदार्थ दुव्र्यसनीको न्युनिकरणका लागि प्रहरी र जनताको हातेमालो आवश्यक रहेको कुरा बताउदै आजको प्रशिक्षार्थी विद्यार्थीहरुलाई आफ्नो क्षेत्रमा प्रशिक्षकको भूमिका खेली लागुपदार्थ दुव्र्यसनीका बिरुद्ध सक्रियतापूर्वक लाग्न आह्वान गर्नुभयो ।
नवज्योति इङ्गलिश बोर्डिङ्ग स्कुलमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्कुल व्यावस्थापन समितिका सदस्य यज्ञ गैरे, प्राचार्य गोपाल ज्ञवाली, सहप्राचार्य राजुदेवी खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य टोप बहादुर के.सी. ले गर्नुभएको थियो ।