ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुका पालिकाहरुले कृषि क्षेत्रमा न्युन बजेट बिनियोजन गरेको गुनासो

लुम्बिनी दर्पण २०७८ पुष २, शुक्रबार ०७:२५
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलवस्तु, २ पुस
धान, गहुँ तरकारी उत्पादनमा प्रशस्त सम्भावना बोकेको कपिलवस्तुका पालिकाहरुमा कृषी क्षेत्रमा न्युन बजेट बिनियोजित भएको गुनासो गरिएको छ । मुलुक संघीयतामा जानु अघि जिबिस, नगरपालिका र गाबिसमा कुल बजेटको १५ प्रतिशत अनिवार्य रुपमा छुट्टाउनु पर्ने नियम बनाइयो थियो । तर अहिले भने पालिकाहरुले कपिलवस्तुमा न्युन बजेट बिनियोजन गरेको छ ।

चालु आर्थिक बर्ष २०७८/७९ मा कपिलवस्तुका अधिकांश पालिकालहरुले कृषि क्षेत्रमा नाम मात्रको बजेट विनियोजन गरेका हुन् । कृषि ज्ञान केन्द्रले तौलिहवामा स्थानीय तहका कृषि प्राबिधिकहरुसंग राखेको गोष्ठीमा पालिकाका कृषि शाखाका प्रमुखहरुले सो गुनासो गरेका छन् । सो अवसरमा सुदीप मौर्यले संघीयतामा जानु अघि कृषि क्षेत्रका लागि १५ प्रतिशत बजेट बिनियोजन गरिएको भए पनि अहिले भने कृषि क्षेत्रलाई सौताको छोरा जस्तै ब्यवहार गरिएको बताए । ११ वटा वडा भएको कपिलवस्तुको महाराजगंज नगरपालिकामा चालु आर्थिक बर्ष २०७८/७९ का लागि कृषि क्षेत्रमा केवल ५० हजार बजेट बिनियोजन गरिएको छ । पालिकाका कृषि प्रमुख उदयराज पासीले आफुहरुले विभिन्न कृषिका योजना र कार्यक्रम पेश गरे पनि पालिकाले ५० हजार मात्र बिनियोज गरेको गुनासो गरे । सो पालिकामा लुम्बिनी प्रदेश सरकारबाट ५० हजार र संघीय सरकरबाट २८ लाखको कृषि कार्यक्रम आएको उनले बताए ।

१२ वडा रहेको नेपाल कै पुरानो नगर पालिका कपिलवस्तु नगरपालिकाले पनि चालु् आर्थिक बर्षका लागि कृषिमा केवल २० लाख बजेट बिनियोज गरेको नगरपालिकाका कृषि शाखाका प्रमुख भगवनदास गुप्ताले बताए । सो नगरपालिकामा संघीय सरकरबाट ३ वटा कार्यक्रमका लागि ४० लाख र प्रदेशबाट ५० हजार बजेट बिनियोजन भएको छ । यस्तै जिल्लाको सुद्धोधन गाउँपालिकामा २० लाख बजेट बिनियोज गरिएको छ । सो पालिकामा संघीय सरकारबाट ६० लाख र प्रदेशबाट ५० हजार आएको छ । बिजयनगर गाउँपालिकामा २३ लाख बजेट छुट्टाइएको छ भने प्रदेश सरकरबाट ५ लाख ४४ हजार र संघीय सरकरबाट १६ लाख आएको छ । मायादेबी गाउपालिकामा २७ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ भने प्रदेशबाट ४ लाख ५० हजार र संघीय सरकारबाट ४८ लाख बजेट आएको छ ।

कृष्णनगर नगरपालिकामा ३० लाख बजेट बिनियोजन गरिएको छ । प्रदेशबाट ५० हजार र संघीय सरकारबाट २८ लाख ५० हजार बजेट आएको छ । यशोधरा गाउपालिकाले भने कृषिमा ८३ लाख बजेट बिनियोजन गरेको छ । सो पालिकामा प्रदेशबाट ५० हजार र संघीय सरकारबाट २८ लाख बजेट आएको छ । जिल्लाका उत्तरी भेगमा रहेका २ पालिकाले भने कृषि क्षेत्रका लागि एक करोड बढी बिजेट बिनियोजन गरेका छन । सबै भन्दा बढी बाणगंगा नगरपालिकाले १ करोड २२ लाख बजेट बिनियोजन गरेको छ । संघबाट ८५ लाख र प्रदेशबाट ५० हजार बजेट आएको छ । शिवराज नगरपालिकाले १ करोड १० लाख बजेट बिनियोजन गरेको छ । सो पालिकामा प्रदेशबाट ४ लाख ९५ हजार र संघीय सरकारबाट ६५ लाख तथा नबिकरणीय उर्जा कार्यक्रमका लागि ४ लाख ९५ हजार आएको छ ।

बुद्धभुमी नगरपालिकामा ७५ लाख बजेट बिनियोजन गरिएको छ । प्रदेशबाट ५० हजार र संघीय सरकारबाट ८७ लाख बजेट आएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले पालिकाहरुले कृषि क्षेत्रका लागि न्युन बजेट बिनियोजन गर्नु दुःखद कुरा भएको बताए ।

कार्यक्रममा कृषी ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबेले पालिका शाखा प्रमुखहरु प्रबिधि मत्रै हुनु पर्ने बताए । उनले पालिकाहरु बजेट बृद्धिका लागि ठोस पहल हुनु पर्ने बताए । सो अवसरमा उनले कृषि ज्ञान केन्द्रको करिब ८ करोडको बजेट र कार्यक्रम बारे जानकारी गराएका थिए । उनले कृषि ज्ञान केन्द्र केवल अनुदान बाढ्ने कार्यालयका रुपमा सिमित भएको भन्दै गुनासो गरे । जिल्लामा कुल ८३ हजार हेक्टर कृषि योग्य जमिन रहेको छ ।

 


प्रकाशित : २०७८ पुष २, शुक्रबार ०७:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech