लुदअ, कपिलवस्तु
“सचेत सिपमुलक र सुरक्षित रोजगार मर्यादित श्रम आप्रवासनको मुल आधार ” भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन (सामी) परियोजनाको आयोजनामा आप्रवासन असर तथा प्रभाब साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिष्करण प्रभाब न्युनिकरण सम्बन्धी सामुदायिक अगुवाईहरु संगको अन्तरक्रिया कार्यक्रम बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय आप्रवासन दिबस २०२१ को साता ब्यापी कार्यक्रम अन्तर्गत उक्त अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै सामुदायिक परियोजना संयोजक नारायण पन्थीले बैदेशिक रोजगारीमा जाँदा निम्तिने समस्या, समाधानका उपाय, समाजमा बैदेशिक रोजगारीले निम्त्याएको सकारात्मक र नकारात्मक पक्षका बिषयमा सहभागिहरु माँझ जानकारी सम्पे्रषण गर्नुभएको थियो । साथै पन्थीले आप्रवासी नागरिकहरुले भोगिरहेको समस्यालाई समाधान गर्ने जिम्मेवारी समाजका सचेत नागरिकको रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा आप्रवासनको बिषयसंग सम्बन्धित सहभागिहरुले राखेको जिज्ञासालाई पनी पन्थी सहजीकरण गर्नुभएको थियो । कार्यक्रम बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुको अध्यक्षता, उपमेयर चक्रपाणि अर्याल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनाल, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्टराईको आतिथ्यता, नगरभित्रका बिभिन्न वडाका वडा अध्यक्ष,नागरिक समाजका प्रतिनिधी, समाजसेबी, अधिकारकर्मी, सन्चारकर्मी लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




















