
हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले राजापानी प्रदेश सरकारको आँखामा रहेको बताउनुभएको छ । राजापानी सामुदायिक वनको १८ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै राजापानी आफैमा ऐतिहासिक पर्यटकीय स्थल भएकाले यसको विकासमा प्रदेश सरकारको पनि भुमिका रहने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले राजापानीको वृहत्तर विकासमा सामुदायिक वनले खेलेको भुमिकाको प्रशंसा गर्दै राजापानी पर्यटकिय स्थल जिल्लाको नमुना क्षेत्र बनेको बताउनुभयो ।
उहाँले “स्वच्छ, सुन्दर र हराभरा राजापानी सामुदायिक बन, पर्या पर्यटन प्रवद्र्धन र वन व्यवस्थापन हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ अगाडि बढेको सामुदायिक वनको नारामा आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
सांसद पन्थीले सबैको पहलमा राजापानीको विकास हुन सके समग्र कपिलवस्तुको विकासमा टेवा पुग्ने जिकिर समेत गर्नुभयो ।