
लुदस, जितपुर
नेकपा (मसाल) सहितका दलहरुले अह्वान गरेको विभिन्न ४ राजनीतिक दलले आज कपिलवस्तुको ४ नं जितपुमा एमसीसीविरुद्ध नारावाजी, प्रदर्शन गर्दै कोण सभा संम्पन्न गरेका छन् ।
एमसीसी पेश गर्ने उद्देश्यले संसद बैठक बोलाइएको दिन पारेर देशैभरी संयुक्त विरोध प्रदर्शन गर्न लागिएको बताईएको छ ।
नेकपा (मसाल) , राष्ट्रिय जनमोर्चा , नेकपा विप्लव , वैध निकट (क्रान्तिकारी माओवादी) ने.क.पा माले लगाएतका दलहरुको संयुक्त आयोजनामा अहिले विरोध सभा भएको हो ।
४ नं जितपुरमा विरोध सभामा ने.क.पा मसालका जिल्ला प्रवक्ता छविलाल गैरे , ने.क.पा विप्लवका जिल्ला ईन्चार्ज कमल के.सी, ने.क.पा क्रान्तिकारी माओवादी वैधका जिल्ला इन्चार्ज धनिश्वर पोख्रेल लगाएतले बोल्दै एमसिसी सम्झौता राष्ट्रिघाती भएको हुदाँ कुनै पनि हालतमा पास गर्न नहुने बताए । नेपालमा एमसिसी पास भएमा नेपाली देश र जनता पराधिन हुने भन्दै यसले राष्ट्र, राष्ट्रियता र स्वाधिनतामाथि हस्तक्षेप कुनै हालतमा स्विकार्य नहुने बताए र हाल मुख्य ठुला भनिने राजनैतिक दलहरु एमसिसी पास गराउन कम्मर कसेर लागेको समेत बक्ताहरुले बताएका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य को अध्यक्षता र कमरेड विज्ञानको संचालनमा संम्पन्न भएको थियो ।