
हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब नेपालका बालबालिका अभिभावक बिहीन हुनुनपर्ने बताउनुभएको छ । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटिद्धारा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न कारणले अभिभावक गुमाएका बालवालिकाको जिम्मा सरकारले लिने व्यबस्था एमालेले सुरु गरेको बताउनुभयो ।
पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा धेरै उद्योग रहेकाले अब कपिलवस्तु जिल्लालाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले ज्येष्ठ नागरिक, अशक्त, बालवालिका, व्यवसायी, युवा सबैको पार्टी नेकपा एमाले नै रहेको दाबी गर्नुभएको छ ।
जनताको विकासको लागि पार्टी अग्रसर रहेको बताउदै अध्यक्ष ओलीले सदरमुकाम र सीमासम्मको बाटो निर्माण नेकपा एमाले सरकारको पालामा भएको बताउनुभयो ।
पार्टी प्रवेश गर्ने जसपाका केन्द्रिय सदस्य सहित ६ हजार बढिलाई एमाले पार्टी रोजेकोमा बधाई दिंदै एमालेको संकल्प जनताको जिवन परिवर्तन गर्नु रहेको बताउनुभयो ।