
लुदअ, कपिलवस्तु
जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका नेता मंगल प्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजित जनसभामा गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।
गुप्ता जसपाका केन्द्रीय सदस्य हुन्। २०७४ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी अभिषेकप्रताप सिंहसँग पराजित भएका थिए।
गुप्तासँगै ७ हजार ६ सय नेता कार्यकता पनि एमाले प्रवेश गरेका छन्।