लुदस,
लुम्बिनी दर्पण साप्ताहिकको समिक्षा वैठक आज कपिलवस्तुको ४ नं स्थित कार्यालयमा संम्पन्न भएको छ । दर्पणका प्रकाशक मोहन बेल्वासेको अध्यक्षतामा संम्पन्न बैठकमा कपिलवस्तु र अन्य जिल्लाका वितरक, संवाददाता , कर्मचारी तथा संचालक हरुको उपस्थिति रहेको थियो ।
वैठकमा हाल सम्मको पत्रिकाको बस्तुस्थिती आगामी रणनिति , विस्तार , तथा वितरणको अवस्था र कठिनाईका विषयमा छलफल गरिएको थियो ।
वैठकमा धारणा राख्दै सहभागिहरुले वैठकले आगामी दिनमा अझ काम गर्ने जोस ,जाँगर उत्साह थपेको बताए । दर्पणकर्म ले जिवनमा धेरै परिवर्तन ल्याएको भन्दै आगामी दिनमा वैठक नियमित हुनुपर्नेमा जोड दिएका थिए ।
वैठकमा उठेका सवालहरुलाई विषयगत शाखा प्रमुखहरु, पत्रिकाका कार्यकारी सम्पादक थानेश्वर अधिकारी, प्रकाशक बेल्वासे लगाएतले सम्बोधन गरेका थिए ।





















