
लुदअ, कपिलवस्तु
बाल विवाह न्युनीकरणमा पत्रकारको भुमिका सम्बन्धी पत्रकारहरुलाई दुई दिने तालिम कपिलवस्तु जिल्लाका सक्रिय पत्रकारहरुलाई दिइएको छ ।
संचारीका समुहको आयोजनामा कपिलवस्तु जिल्ला को बाणगंगा नगरपालिका को जीतपुर ४ नम्बर माछापुच्छ्रे होटल मा संचारीका समुहकी केन्द्रीय उपाध्यक्ष कमला पन्थी को अध्यक्षता र बाणगंगा नगरपालिका का उपप्रमुख चक्रपाणी अर्याल को प्रमुख अतिथ्यता मा दुई दिने तालिमको उद्घाटन गरिएको थियो ।
उद्घाटन मा नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालले भन्नू सामाजिक संजाल वढी प्रयोग भएको हुन ले बाल विवाह को प्रमुख कारण को रुपमा रहेको छ । गर्भपतन मा खास गरेर किशोरीहरु नै बढी गर्भपतन गराउन मा बढी रहेको पाइन्छ । बाल विवाह न्युनीकरण गर्नको लागि धेरै प्रयासहरु गरिरहेका छौ । सबैभन्दा पहिले अभिभावकहरुलाई बालविवाह भए मा यसको असरको बारेमा जानकारी गराउनु पर्छ ।
संचारीका समुहकी केन्द्रीय उपाध्यक्ष कमला पन्थीले बाके र कपिलवस्तु लगायत सुदूरपश्चिम मा बालविवाह बढी रहेको पाइन्छ । महिलाहरुको हक र अधिकार को बारेमा निरन्तर रुपमा काम गर्दै आएका छौ । महिलाहरुको समस्याहरु खोजेर उठाउन गर्नको लागि अनि बाल विवाह संग सम्बन्धित खोज गरेर न्युज लेख्न को लागि कपिलवस्तु का सक्रिय पत्रकारहरुलाई अग्रह समेत गर्नु भयो ।
बाल विवाह ले हाम्रो समाजमा कुन तरिकाले जारो गाडेर बासेको छ । यसले हाम्रो समाज विकास र परिवर्तन का कसरी प्रभाव परिरहेको हुन्छ यस्तो विषयमा सबै पत्रकारहरुको अनुभवहरु सबैले सेयर गरेका हुन । अब सबै पत्रकारहरुले बालविवाह को विषयमा खोज गरेर न्युज लेख्न र कम गर्नको लागि प्रतिबद्धता समेत जनाएको छन् ।
उक्त तालिममा नेपाल संचारीका समूहकी उपाध्यक्ष कमला पन्थी , केन्द्रिय सदस्य बसन्ती बास्तोला , संचारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे , नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारी , अधिवक्ता इन्दु तुलाधर लगायत कपिलवस्तु जिल्ला का सक्रिय पत्रकार को उपस्थिति रहेको थियो ।
बालविवाह न्युनीकरणमा पत्रकारको भुमिका तालिम २ दिन सम्म चलेको तालिम अधिवक्ता ईन्दु तुलाधरले प्रशिक्षण गरेकी थिईन् ।