
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जेसीजको हालै सम्पन् २२ औं शाखा अधिवेशनबाट वर्ष २०२२ को लागि कोषाध्यक्ष जेसी कमल घिमिरे चयन भएका छन् । हालै सम्म अधिवेशनबाट कोषाध्यक्षमा घिमिरे सर्वसम्मत रुपमा चयन भएका हुन् ।
कपिलवस्तुको बाणगंगा २ पिपरा निवासी घिमिरे राजनिति तथा अन्य सामाजिक संघ संस्थाा आवद्ध रहेका छन् ।
उनले नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटिका उपाध्यक्ष तथा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
कोषाध्यक्ष पदमा चयन भएसंगै घिमिरेले सहयोग गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्दै संस्थालाई अगाडि बढाउन आफे विशेष भुमिका रहने बताए । उनले जेसीजलाई सामाजिक सेवामा अब्बल बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गरे ।