सैनामैना-१० मा राष्ट्रिय युवा परिषद अन्तर्गतकाे युवा क्लब गठन कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

सैनामैना नगरपालिका वडा न‌ १० मा राष्ट्रिय युवा परिषद अन्तरगतकाे वडा स्तरिय कल्ब गठन कार्यक्रम सम्पन्न भएकाे छ । सैनामैनाका सम्पूर्ण वडामा वडा स्तरिय क्लब गठन गरी नगरका सम्पूर्ण विकास याेजनाहरूमा युवालाइ सामेल गराउनु राष्ट्रिय युवा पिरषदकाे उद्देश्य अनुसार आयाेजित कार्यक्रममा विकास सापकाेटाकाे अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन भएकाे छ । कार्यक्रममा बाेल्दै सापकाेटाले कार्यसमितीमा चयन भएका सम्प‍ूर्ण युवालाइ सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै सापकाेटाले भन्नुभयाे “युवा शक्तिकाे सकारात्मक कार्यक्रममा वडाकाे पूर्ण सहयाेग रहनेछ ।” उक्त कार्य समितिमा वडाका सम्पूर्ण टाेलबाट महिला तथा पुरूषकाे बराबर सहभागीता हुने गरी प्रभावकारी कार्य समिति निर्माण गर्न समाजसेवी, युवा प्रेमी महेश अधिकारीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयाे । युवालाइ सकारात्मक उर्जा दिदै अधिकारीले आफ्नाे भविष्यलाइ पनि ध्यानमा राखी समाज सेवामा लाग्न र मानव जीवनलाइ अझ मानविय बनाउन जाेड दिनुभयाे ।

 


प्रकाशित : २०७७ पुष २८, मंगलवार ११:०२