
लुदस,माघ २१ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाणगंगा नगरपालिका वार्ड नं ६ वडा कमिटिको बैठक आज लक्ष्मणघाटमा सम्पन्न भएको छ । बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा केन्द्रिय सदस्य कृष्ण पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले गरेका काम प्रति जनताहरु आकर्षिक भैरहेको बताएका छन् ।
यही फाल्गुन १ गते बुटवलमा हुने आम सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सबै नेता, कार्यकर्ता लगायत आम जन समुदायलाई सहभागी हुन आग्रह गरेका छन् । कार्यक्रमका बिशिष्ट अथिति नेकपा बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलले बर्तमान परस्थितीमा सबै नेता तथा कार्यकर्ताहरु चनाखो र संयम भइ पार्टीको गतिबिधीमा लाग्नु पर्ने बताएका छन् । बैठकमा जिल्ला तथा नगर कमिटीले जारी गरेको सर्कुलरका बिषयमा जानकारी गराइएको थियो साथै बैठकले वाणगंगा ६ को वडा कमिटी बिस्तार गरी ३० जना सदस्य मनोनित गरेको छ ।
बैठक वडा कमिटी सचिव माधव खनालको अध्यक्षता पार्टीका केन्द्रिय सदस्य कृष्ण पौडेलको प्रमुख आथित्यता, बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको बिशिष्ट आथित्यता रहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य ठाकुर प्रसाद पोख्रेल, जिल्ला सचिवालय सदस्य रीता थारु, जिल्ला सदस्य हुमनाथ भट्टराई, सुकदेव थारु नगर कमिटी सदस्य कल्लु थारु, कृष्ण पौडेल, रिषिराम आचार्य लगायतको उपस्थिती रहेको कार्यकमको संचालन नेकपा बाणगंगा नगर कमिटी सदस्य प्रकाश भुसालको संचालनमा सम्पन्न भएको थियो ।