कपिलवस्तुको चार नम्बर चोकमा दुर्घट्ना न्युनिकरणका लागि ट्राफिक प्रहरी डमी

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ २६
बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि कपिलवस्तुको चार नम्बर चोकमा डमी ट्राफिक प्रहरी तयार पारेर राखिएो छ । ‘ट्राफिक नियमको सदैव सबैले पालना गरौ, सभ्य नागरिक भई सभ्यताको परिचय दियौं’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक प्रहरी जस्तै देखिने डमी राखिएको हो ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने र सर्वसाधारणले पनि ट्राफिकको नियम पालना गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने र जनशक्ति अभावलाई समेत केही हदसम्म टार्ने भएकाले यो डमी पछिल्लो समय उपयोगी मानिएको छ ।

अनावरण कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले ट्राफिक नियमका पालना गर्न गराउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ट्राफिक चेतना जगाउने उद्देश्यले चार नम्बर चोकमा ट्राफिक जस्तै देखिने डमी राखिएको ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा ट्राफिक ब्यबस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस अघि अव्यवस्थित रुपमा हुने पार्किङ व्यवस्थापन गर्ने अभियान चलेको थियो ।


प्रकाशित : २०७७ माघ २६, सोमबार १४:३५