
पार्बती आचार्य, कपिलबस्तु
पाँच जना जेष्ठ नागरिक द्वारा पुस्तक बिमोचन तथा जेष्ठ नागरिक कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा न ९ कुस्मा निवासी स्वर्गीय श्री बासुदेव पोखरेलको ३२ औं पुण्य तिथि तथा स्मृति दिवसको अबसरमा फागुन २१ गते सो सम्मान गरिएको हो । उनका सुपुत्र श्री मोहन प्रसाद पोखरेल द्वारा लिखित जीवन पछिको जीवन पुस्तकको ८४ बर्ष पूरा गरेका ५ जना जेष्ठ नागरिक बाट बिमोचन तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
गोबिन्द प्रसाद पोखरेलबाट जेष्ठ नागरीकलाई दोसल्लाले सम्मान तथा भुवनमाया पोखरेलद्वारा कोशेली प्रदान गरिएको थियो । सो कार्यक्रममा भूमिराम पोखरेलले स्वागत तथा कार्यक्रमको उद्वेश्य बारे प्रकाश पारेका थिए ।
यसैगरी पुस्तकका लेखक मोहन प्रसाद पोखरेलले पुस्तक प्रकाशन गर्नुको उद्वेश्य तथा पुस्तकमा समेटिएका बिषयबस्तु बारे आफ्नो भनाई राखेका थिए । कार्यक्रम गोबिन्द पोखरेलको अध्यक्षता तथा अस्मिता पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।