
काठमाडौँ जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, २ जनाको मृत्यु
धादिङ फागुन २५। रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाण्डौ जाँदै गरेको ट्रक त्रिशली नदिमा खसेको छ ।धादिङ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धादिङ गजुरीले जनाएको छ । लु १ ख ७७६३ नम्बरको ट्रक पृथ्वी राजमार्गको बेनीघाटबाट त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
दुघटनामा परेर मृत्यु हुनेमा ट्रकका चालक काभ्रेको बनेपा नगरपालिकाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ