
बुटवल फागुुन २५
नेपाल दृष्टिविहिन उत्थान संघको १७ औँ वार्षिक साधारण सभा एव्म चौथो महाधिवेशन हिजो सैनामैना १० सालझण्डीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता लम्बिनी प्रदेश सभा सदस्य भुमेश्वर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष हुमनाथ अधिकारी र संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष शंकर रेग्मीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मा , राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेशको कार्यक्रम अधिकृत गोमा पन्थी , राष्ट्रिय अपांग महासंघका संघीय सदस्य सन्तोष पन्त लगाएतले बोल्नुभएको थियो । अपांगतालाइ श्राप नमानी एउटा ठुलो अवसरको रुपमा लिनुपर्छ भन्ने कुरालाइ जोड दिदै संस्थाले अपांगता क्षेत्रमा मात्र नभइ अन्य क्षेत्रमा पनि धेरै उदाहरणीय काम गरेको भन्दै पशंसा गर्दै अपांगता क्षेत्रका समस्यष समाधान गर्न आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत बक्ताहरुले मन्तव्यको क्रममा व्यक्त गर्नुभएको थियो । संस्थाको
संथाको चौथो अधिवेशनबाट सस्थाको ९ सदस्य नया कार्यसमिति गठन भएको छ ,जसमा अध्यक्ष हुमनाथ अधिकारी ,उपादध्यक्ष तारापति क्षेत्री ,महासचिव मुक्तीनाथ पाण्डे ,सचिव निर्मला पाण्डे ,कोषाध्यक्ष शंकर रेग्मी ,सदस्य रोजिता रेग्मी ,सुनिल क्षेत्री, कमला राना ,दामोदर बि सी रहनुभएको छ ।
स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्र रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न
स्वावलम्बी अपांग मअिला सशक्तीबरण केन्द्र रुपन्देहीको दोस्रो साधारण सभा सैनामैना १० सालझण्डीमा सम्पन्न भएको छ । संथाकी अध्यक्ष रोजिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सस्ंथाकी महासचिव सरोजा भण्डारीले पैतुत गर्नुभएको थियो भने संस्थाको आर्थिक प्रतिवेदन संस्थाकी सदस्य शुशिला पन्तले प्रस्तुत गनुभएको थियो र संस्थाकी सचिव समिता आचार्यको सञ्थालनमा कार्यक्रम सम्पन्न भएको थियो ।