समाजसेवी गिरीद्धारा शिवमन्दिरका लागी ५१ हजार सहयोग

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी ठुलढुङ्गा गण्डकीबेँसी स्थित शिव मन्दिरको पुर्ननिर्माण कार्यका लागि समाजसेवी होमनाथ गिरी तथा निशा गिरीले एक कार्यक्रमका बिच ५१ हजार नगद रकम सहयोग प्रदान गरेका छन् ।

भरतपोखरी बिकास मन्चका आजिबन सदस्य तथा एन. आर. एन. कुबेतका उपाध्यक्ष गिरीले मन्दिरको भौतिक बिकासका लागि स्वर्गिय बुबा रेशम गिरीको ४५ आौ दिनको पुण्यतिथिको अवसर पारेर सो नगद रकम हस्तान्तरण गरिएको भरतपोखरी बिकास मन्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

उक्त मन्दिर पुर्न निर्माण तथा मर्मत सम्भार भैरहेकाले सबैलाई यथासक्दो सहयोग गर्नका लागि माछापुच्छ्रे टोल बिकास संस्थाका अध्यक्ष तथा उक्त मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद पौडेलले अनुरोध गरेका छन । गिरी सानै उमेर देखी सामाजिक सेवा भावले ओत प्रोत रहँदै आएका छन् । मनकारी गिरीले यस अघि पनि भरतपोखरीका बिभिन्न असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्दे आइरहेका छन् ।


प्रकाशित : २०७७ चैत्र ५, बिहीबार १४:४८