संरक्षित क्षेत्रमा निकासी गर्न थालेको भन्दै स्थानियको विरोध , नाका ठप्प

लुदस

संरक्षित क्षेत्रमा अनियन्त्रित ढङ्गबाट नदिजन्य पदार्थ निकासी गर्न थालेको भन्दै कपिलवस्तुको बाणगंगा नदि अन्र्तरगत बनगाई- कोपवा नजिक स्थानियले रोक लगाएका छन् । धमनी देउराली निर्माण सेवालाई गतवर्षको बक्यौता दिनुपर्ने भन्दै बाणगंगा नगरले सो क्षेत्रमा ठेक्का दिएको थियो ।
यसरी ठेक्का दिदा पुल र कजवेमा गम्भिर क्षती पुग्ने स्थानियहरु बताउछन् ।नगरले गतवर्ष कोईली नदि अन्र्तरगतको वर्दवामा ठेक्का दिएको थियो ।

घेरवा बनगाई टोल विकास समितिका अध्यक्ष मान बहादुर कार्कि लगाएतका स्थानिय बासी र खुटेनी टोल विकासका अध्यक्ष लोक बहादुर थापा लगाएतले ठेकेदारले मापदण्ड अनुरुप काम नगरेको बताए ।उनिहरुले नगरले ठेकेदारलाई दिएको मापदण्ड सकिएको समेत दावी गरे । लकडाउनका कारण निकासी रोकिएको भन्दै ठेकेदार पक्षले क्षतीपुर्ति पाउनुपर्ने माग राखेपछी सो क्षेत्रमा नगरकार्यपालिकाको निणर्य अनुसार निकासी दिएको बाणगंगा नगरपालिका अन्र्तरगत राजश्व शाखाका प्रमुख मदन घिमिरेले बताए ।
यता ठेकेदार पक्षले भने आफुहरु कार्य आदेश अनुसार नै काम गरेको भन्दै पट्क पट्क स्थानियले अवरोध गरेको बताएका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *