तिलोत्तमामा क्यूआर कोड वितरण गरिने

[sharethis-inline-buttons]

तिलोत्तमा, चैत्र १६

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभरीका सबै व्यापार व्यवसायमा क्यूआर कोड वितरण गर्ने भएको छ । क्यासलेस बिना नगदी कारोबारका लागि नगरभरीका सबै व्यापार व्यवसायमा क्यू आर कोड राख्ने भएको हो । डिजिटल नगर निर्माणको अभियान स्वरुप वडा तथा टोलमा रहेका सम्पूर्ण साना ठूला व्यापार व्यवसायहरुमा क्यूआर कोड अनिवार्य गर्नका लागि सेवाप्रदायक संस्थाको नाममा सूचना जारी गरेको छ

सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाले निःशुल्क रुपमा क्यू आर कोड वितरण गर्नुका साथै निःशुल्क खाता खोल्ने गरि ७ दिनभित्र नगरको कार्यालयमा आवेदन दर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सेवा प्रदायक संस्था बैंक तथा वित्तीय संस्थाहरुको निवेदन मिति तथा त्यसका सेवा कार्यालयको संख्या र स्थानको अध्ययन गरी छनोट गरिने जनाएको छ ।
छनोट भएका बैंक तथा वित्तीय संस्थाले छनोट भएको २ महिनाभित्र आफूले जिम्मा लिएका नगर क्षेत्र तथा वडाका व्यापार, व्यवसायहरुमा निःशुल्क खाता खोल्नुका साथै उपभोक्तालाई निःशुल्क क्यू आर कोड वितरण गर्नूपर्ने छ ।


प्रकाशित : २०७७ चैत्र १६, सोमबार ११:३७