बुटवलमा स्वास्थ्य शिविर सम्पन्न

[sharethis-inline-buttons]

लक्ष्मी पाण्डे
तिलोत्तमा ,चैत्र १८
श्रवण दृष्टिविहीन परियोजना अन्तर्गत बुटवल १२ तामनगरमा स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । नेपाल नेत्रहिन संघ रुपन्देहीको आयोजना रण अम्बिका आखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । नेत्रहिन संघले विगत २ वर्षदेखि स्वास्थ्य परियोजना सञ्चालन गरेको छ र सोही परियोजना अन्तर्गत आज आखा तथा कान सम्बन्धी समस्या भएका बालबालिकालाई परिक्षण गरिएको हो ।
शिविरमा बहिरा बाल माध्यमिक विद्यालय भैरहवा ,शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राम, विरेन्द्र माध्यमिक विद्यालय छपिया ,लगाएत रुपन्देहीका आखा तथा कानको समस्या भएका बालकालिकाको सहभागीता रहेको थियो ।
रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जी सी को अध्यक्षतामा भएको कार्यक्रममा सञ्जीव अधिकारी, हरि थापा अनन्त पौडेल ,रमेश बद्रचार्यले शिविरमा आखा तथा कानको परिक्षण गर्नुभएको थियो । शिविरमा ५५ जना आखा तथा कानको समस्या भएका बालबालिकाको परिक्षण गरीएको थियो ।
कान र आखा दुबैको समस्या भएका विद्यार्थीको दैनिक जीवन सहज बनाउनका लागि आइ पि ई फम नै निर्माण गरी शान्ति नमुना माध्यमिक विद्यालयमा केही समय अगाडिबाट अध्ययन सुरु पनि गरिसकिएको छ ।


प्रकाशित : २०७७ चैत्र १८, बुधबार ११:४८