परिवारको यातनाको सिकार बनेकी सहिवुन मृत फेला

ByLumbini Darpan Online

१९ चैत्र २०७७, बिहीबार ०४:१२ १९ चैत्र २०७७, बिहीबार ०४:१२ १९ चैत्र २०७७, बिहीबार ०४:१२

रामु यादव, कपिलवस्तु ।

पति र परिवारको निरन्तर यातना पाएकी सहिवुन निशा मृतक फेला परेकी छिन् । मायादेवी गाउँपालिकामा वार्ड १ की बरहीको २४ बर्षिय निशा आफ्नै घरको झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

शुक्रबार करिव राति १२ बजेतिर निशा सुत्ने पंख झुण्डिएको अवस्थामा निशाको मृत लास फेला परेको हो । मृतक निशाका देवर इसाद अहमद बिहान १० बजेतिर आफु खेतबाट आउदा भाउजुले रुदै धनिया केलाउदै गरेको देखेको बताए ।

आफु स्कुल तर्फ गएर फर्केर आउँदा चप्पल र जुत्ता लगायता सामाग्रीहरु यताउति फालिएको अवस्थामा देखिएको बताए । त्यस पछि के भयो मलाई थाहा भएन तर दिन भरी भाउजु देखिइनन् राति प्रहरी आए पछि मात्र आफुलाई भाउजुको मृत्यु भएको थाहा भएको उनले बताए । बिगत देखिनै आफ्न दाजु, बुवा र आमाले भाउजुलाई कुटपिट गर्ने गरेको इसादले जानकारी दिएका छन् ।

मृतक निशाका दाई उब्बैद उल्लाहले भने बिबाहको केही समय पछि श्रीमान ईसरार भनिने हुसेन खाँन, सासु अतिकुन निशा र ससुरा अब्दुल सलाम दाईजो लगायतको बाहानामा कुटपीट गर्दै आएको बताएका छन् । उनिहरुले निर्घात रुपमा कुटपीट गर्ने गर्दथे, एक पटक निर्घात कुटपीट पिट पश्चात नीशाको पेटमा रहेको बच्चाको खुट्टा समेत भाच्चिएर गर्भ तुहिएको थियो । त्यस विषयमा ईलाका प्रहरी कार्यालय पकडीमा मौखिक उजुरी गरेको तर बहिनेले घर बिग्रने डरमा लिखित जाहेरी दिन नमानेको उनले बताए । उहाँले थप्नुभयो बहिनीले घर बिग्रने डरमा यति ठूलो यातना सहेर बसी तर आज उसकै हत्या भयो ।

उनले रुदै संचारकर्मीहरुसंग कुरा गर्दै भने ‘पछिल्लो क्रममा निरन्तर यातना दिदै आए पछि ज्वाइसँग बहिनी राख्ने वा नराख्ने भन्ने विषयमा कुरा गर्ने योजना बनाएको थिए तर तिनीहरु बहिनीलाई निर्मम यातना दिएर मारे ।’

उक्त दिन पनि घरमा केही विवाद भएको छ भन्ने जानकारी आए पछि दिनको १२ बजे पछि दिनमा पटक पटक ज्वाईलाई फोन गरेको तर ज्वाईको फोन रिसिभ नभएको तर राति १२ मात्र बहिनीले ढोका खोलिने भनेर जानकारी गराएकोले घर परिवारले बहिनिको हत्या गरेरे कोठामा झुण्डाएको उहाँले आरोप लगाए । ज्वाईले उक्त दिन समेत आफुले निशालाई दुई चार झापड हानेको स्वीकार गरेको बताउदै भने बिगतमा त्यत्रो यातना दिन आत्म हत्या नगरेकी बहिनीले कसरी अहिले आत्म हत्या गरी आफुले स्वीकार गर्न नसक्ने उनले बताए ।

स्थानीय छिमेकी मोम्मद रफिसले निशाको मृत्यु हुने दिन बिहान ९ बजे देखी घरमा झगडा निशाका श्रीमानले निर्घात कुटपीट गरेको निशा रुदै गरेको देखिएको बताए । उनले भने उक्त घरमा निशालाई दैनिक यस प्रकारको यातना भईरहने गरेको थियो । सो दिन ज्यानै गयो । उहाँले भन्नुभयो उनको मृत्यु हुनुमा घर परिवारको हातले छ । त्यस्तो परिवारलाई कडा भन्दा कडा कानुनी कारवाही हुनु पर्छ ।

ईलाका प्रहरी कार्यालय पकडी प्रहरी निरिक्षक कृष्ण खत्रीले घटनाको अनुसन्धान भईरहेको हाल निशाका श्रीमान् र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र सासु भने फरार रहेको बताएका छन् । हत्या र आत्म हत्याको सम्बन्धमा पोष्टमार्टम रिर्पोट आए पछि पुष्टि हुने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *