सरस्वती टीका बहुमुखी क्याम्पसको प्रमुखमा अधिकारी नियुक्त

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
पोखरा महानगरपालिका ३३ भरतपोखरीमा रहेको सरस्वती टीका बहुमुखी क्याम्पस को सातौ बार्षिक साधारण सभाबाट निमित्त क्याम्पस प्रमुखमा महेन्द्रराज अधिकारी नियुक्त भएका छन् ।

२०६७ साल देखी उच्च शिक्षा अध्यापन गराउँदै आएका अधिकारीको शिक्षा क्षेत्रको लामो अनुभव , योग्यता र लगनशिलताका कारण सो साधारण सभाबाट उनी क्याम्पस प्रमुखमा नियुक्त भएको संस्थापक क्याम्पस प्रमुख डिल्लीराम बरालले बताएका छन् । लामो समयदेखि क्याम्पस प्रमुख पदमा रहेर कुशलतापुर्बक कार्यभार पूरा गरेका निबर्तमान क्याम्पस प्रमुख युबराज लामिछानेको बिदाई पछि अधिकारीले सो जिम्मेवारी पाएका छन् ।

बिक्रम सम्बत् २०१९ सालमा स्थापना भएको सो बिद्यालयमा २०६६ साल देखी प्लस टु र २०६९ साल देखी स्नातक तह सम्मको अध्यापन हुने गर्दछ । सो बिद्यालयमा अहिले शिशु कक्षा देखी १० कक्षा सम्म अंग्रेजी तथा नेपाली माध्यमबाट पढाइ हुने गरेको छ । २०७५ सालको एसएलसीमा सामुदायिक बिद्यालय तर्फ सर्वोकृष्ट अंक ल्याउन सफल भएको सो बिद्यालयमा अहिले धेरै बिद्यार्थीको रोजाइमा परेको छ । सरस्वती टीका माध्यमिक बिधालयले स्वर्ण महोत्सव समेत मनाई सकेको छ ।

क्याम्पस स्थापना गर्न सिनेटर ,संस्थापक सदस्य ,सल्लाहकार ,संस्थापक अध्यक्ष, स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु पुर्बअध्यक्षहरु ,चन्दादाता ,स्थानीय निकाय ,सरकारी तथा गैरसरकारी संघ, संस्था, आमा समूह ,शिक्षाबिद सरोकारवालाहरुको अहम् भुमिका रहेको संस्थापक क्याम्पस प्रमुख बरालले बताएका छन् ।

बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिका पुर्व कोषाध्यक्ष समेत रहेका अधिकारीले क्याम्पस प्रमुखका रुपमा जिम्मेवारी पाएसँगै क्याम्पसको व्यवस्थापन तथा शैक्षिक स्तर अझै माथि उठ्ने अपेक्षा गरिएको छ । हाल व्यवस्थापन संकाय पढाइ हुने सो क्याम्पसलाई सबै जनाको साथ सहयोग र सहकार्यबाट सो क्षेत्रकै उत्कृष्ठ बनाउन आफु अहोरात्र लागी पर्ने प्रमुख अधिकारीले बताएका छन् ।


प्रकाशित : २०७७ चैत्र २१, शनिबार १७:०७