
बुटवल ,बैशाख ३
बुटवलको कोरोना विषेश अस्पतलामा एक संक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका–२ की ७० वर्षिय महिलाको शुक्रवार विहान धागो कारखानामा रहेको कोरोना विषेश अस्पतलामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतकले बताए।
दिर्घरोग स्तन क्यान्सरको हुनुका साथै ज्वरो, निमोनिय र स्वाशप्रसासमा समस्या देखिएकोकी ति महिला कोरोना संक्रमण देखिएपछि चैत्र २९ गतेदेखी कोरोना अस्पतालमा उपचाररत रहेको सुचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

