कपिलवस्तु बैशाख ४
मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुले सुरक्षाको मापदण्ड अपनाउँदै एक कार्यक्रम बिच नयाँ वर्ष २०७८ सालको शुभकामना, सरोकारवाला बिच आदानप्रदान , कोभिड लहरमा मानवअधिकार बिषायक अन्तरक्रिया, २०७८ सालको क्यालेन्डर विमोचन र सम्मान कार्यक्रम सप्पन्न गरेको छ । कपिलवस्तु शाखा सभापति गोबिन्द पोख्रेल को सभापतित्व माननीय प्रदेश साम्सद रिना नेपाल को प्रमुख आतिथ्यता, मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति र जिल्ला समन्वय समिति उप प्रमुख तारावती चौधरी को बिशिस्ट आतिथ्यता तथा लायन्स क्लब अफ कपिलवस्तु अध्यक्ष धातानन्द भुसाल, कपिलवस्तु उद्योग वाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरे, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र कपिलवस्तुका अध्यक्ष रविराज आचार्य, समाजसेवी कमल भट्टराई, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्बासेको आतिथ्य रहेको कार्यक्रमको संचालन शाखा सचीव माधव घिमिरेले गर्नुभएको थियो । कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमका बक्ताहरुले शान्ति समाजले लोकतन्त्र सफल अभ्यासको लागि शान्ति समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा उपस्थितीलाइ जिल्ला उप-सभापति पशुपतिमणि त्रिपाठिले स्वागत गर्नुभएको थियो। कार्यक्रममा श्रस्टा राजमणी बस्यालले आफ्नो रचना मार्फत शुभकामना दिनुभएको थियो। शाखा सभापति पोख्रेलले आफुहरुले शान्ति र मानवाधिकार का पक्षमा थुप्रै कार्यक्रम सम्पादन गरेको बताउनु भएको थियाे ।




प्रकाशित : २०७८ बैशाख ४, शनिबार १४:०६
















