वडाद्धारा विद्यालय तथा मदरसालाई खेलकुद सामाग्री हस्तान्तरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रामु यादव ।
कपिलवस्तु को मायादेवी गाउँपालिका वडा नं १ को वडा कार्यालय पकडीबाट वडा न १ भित्र रहेका सामुदायिक तथा संस्थागत बिधालय र मदरसाहरुमा खेल कुदको को समाग्री वितरण गरिएको छ । विधार्थीहरूको शैक्षिक स्तर उकास्न का साथै शैक्षिक अवस्थामा सुधार पुर्‍याउन स्वास्थ्य पूर्ण जीवन यापन गर्न खेलकुद समाग्री वितरण गरिएको छ।

यस कार्यक्रम मा मायादेवी गाउँपालिका को वडा नं १ का अध्यक्ष हरि गोबिन्द चौधरी ,वडा सचिव शिव प्रकाश वर्मा, नायब पशु सहायक प्राबिधिक महेन्द्र प्रसाद कोहार ,कम्प्युटर अपरेटर दिप राज चौधरी र वडा भित्र रहेका संस्थागत र सामुदायिक विधालय र मदरसा हरु को प्रधानाध्यापक र शिक्षक प्रतिनिधिको उपस्थित मा कार्यक्रम सम्पन्न भएको वडा सचिव शिव प्रकाश वर्मा ले बताए। साथै सो अवसरमा अहिले बढ्दै गरेको कोभिड १९ को जोखिमबाट बच्न वडाबासीमा अनुरोध समेत गरिएको छ ।


प्रकाशित : २०७८ बैशाख ६, सोमबार १७:२०