
काठमाडौं , बैशाख८
पछिल्लो २४ घन्टामा थप आज एकैदिन २३ सय ५१ जना कोरोनाका बिरामी थपिएका छन । ८ हजार ८ सय४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा २३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट ११ सय ३१ जना गरी २३ सय५१ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार हाल नेपालमा १० हजार ५८२ जना कोरोनाका सक्रिय बिरामी छन । बितेको २४ घन्टामा २८७ जना निको भएर घर फर्केका छन । अहिले १ सय ८० जना आइसीयूमा र ४७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कोरोना संक्रमित मध्ये काठमाडौं उपत्याकामा ११ सय ५१ जना ,भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ गरी १ हजार ५१ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।