
लुदस,पोखरा ।
राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय महासचिव बिक्रम जंग शाहले कलाकार राष्ट्रको गहना मात्र नभई अभिन्न अंग नै भएको बताएका छन् । राज्यले संगितकर्मीहरुलाई कलाकारका रुपमा मात्र नहेरी उनीहरुको हकहित र संरक्षणमा समेत ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा नव वर्ष २०७८ सालको क्यालेण्डर एवम् म्यूजिक भिडियो विमोचन, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा सो धारण राखेका हुन् ।
सो अवसरमा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । संस्थाका सल्लाहकार संयोजक राजेश श्रेष्ठ, आजीवन सदस्य एवं सल्लाहकार फर्स बहादुर भाट क्षेत्री र सल्लाहकार नारायण सिग्देल तथा नृत्य तर्फ फुलमून डान्स स्टूडियो एण्ड म्यूजिकल हाउसलाई सम्मान गरिएको थियो । लोकगीत म्यूजिक भिडियो, घुम्न जाम हरिनास का लागी राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका सल्लाहकार शिव राजा भुर्तेल, सुरेश भुर्तेल, दिनेश मरासिनी, राजु गुरुङ, विनीता पौडेल सुवेदी, स्मृति सिग्देल, राजन भुजेल, जीवन सिग्देल, कल्पना सिग्देल र राजन सुवेदीलाई सम्मान गरिएको कास्की जिल्ला अध्यक्ष रिषिराम दाहालले बताएका छन् ।
स्याङ्जा हरिनास गाँउपालिकाका प्रमुख खिम नारायण मानन्धरले हरिनासको भौगोलिक सुन्दरताको वर्णन गरिएको गीत सार्वजनिक भएकोमा खुशी ब्यक्त गरे । संगीतकर्मीहरुको लागि आफ्नो तर्फबाट सदैव साथ सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतम, संस्थाका सल्लाहकारहरु नारायण सिग्देल, छवि सुबेदी, सुचनाको हकका लागि राष्ट्रिय सन्जाल महानगर सह संयोजक कुलमाया क्षेत्रि, मानव सेवा आश्रम कास्कीका सडक उद्धार समिति संयोजक मेघमान श्रेष्ठ, स्याङ्जा जिल्ला उपाध्यक्ष सलिना अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा कार्यक्रम संयोजक सागर कार्कीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन सह सचिव ईश्वरराज भण्डारीले गरेका थिए

