वीरगन्जमा १९२ स्वाब परीक्षण गर्दा ८८ जनामा कोरोना संक्रमण

ByLumbini Darpan Online

९ बैशाख २०७८, बिहीबार ०६:१६ ९ बैशाख २०७८, बिहीबार ०६:१६ ९ बैशाख २०७८, बिहीबार ०६:१६

 

वीरगन्ज , बैशाख ९

वीरगञ्जमा १९२ जनाको स्वाब परीक्षण गर्दा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलाशका दुईजना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ८८ जनामध्ये उच्च अदालत अस्थायी इजलाश वीरगन्जका दुई न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

उच्च अदालत अस्थायी इजलाश वीरगन्जका १०६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ८० जनाको स्वाब , बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा दुई न्यायाधीशसहित १५ जनामा संक्रमण भेटिएको हो । १०६ मध्ये २६ जनाको स्वाब परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति कुल १ सय ९२ जनाको स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना भाइरस संक्रमणपुष्टि भउको हो ।

संक्रमितमध्ये पर्साका ७९ जना रहेका छन् । पर्साका ७९ जनामध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका छन् । बाँकी ३ जना पर्साको बहुदारमाई नगरपालिकाका हुन् ।
त्यस्तै बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १र१ जनामा पनि सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *