काठमाडौं, बैशाख ९
पछिल्लो २४ घन्टामा मात्रै थप आज एकैदिन २४ सय २८ जना कोरोना संक्रमणका विरामी थपिएका छन । बितेको २४ घण्टामा १० हजार १ नमूनाको पीसीआर र ४ सय ४७ जनाको एन्टिजेन प्रविधिबाट जाँच गराउँदा यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको छ , यो सहित मृत्यु हुनेको संख्या ३१ सय १७ पुगेको छ। हाल नेपालमा १२ हजार ६सय ९० जना कोरोनाका सक्रिय बिरामी भउको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छन्। आज २५२ जना निको भएर घर फर्किएका छन ।यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ। ८१ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले बताएको छ । छन्।



















