
काठमाडौं ,बैशाख १०
आज २ हजार ५ सय ५९ जना कोरोनाका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ६४ जनाको आरटिपिसीआर र एण्टीजेन विधिद्वारा गरिएको परिक्षणमा २ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै आज ४ सय १० जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ७ सय २४ रहेको छ ।आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार १२सय २ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।