आज एकैदिन ४५ सय २४ जना थपिए कोरोनाका बिरामी , १८ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

 

काठमाडौं, बैशाख १४

नेपालमा आज एकैदिन चार हजार ५ सय २४ जनामा कोरोना भाइरसका बिरामी थपिएका छन । १५ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परक्षिण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बितेको, २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको ज्यान गएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार १९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


प्रकाशित : २०७८ बैशाख १४, मंगलवार १२:०२