
काठमाडौं, बैशाख १६
कोरोना संक्रमण भएकी पूर्वरानी कोमल शाहलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गर्ने क्रममा स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा भर्ना गरिएको छ।अक्सिनजको मात्रा कम देखिएपछि उनलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालले जानकारी दिएको छ।
उनलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो। अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या देखिएको छैनु, नर्भिक अस्पतालले भनेको छ। नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको बताइएको छ।
कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र , पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह गत वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।