
बैशाख १६
भारतमा एकैदिन ३ लाख ७९ हजार २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ। करिब एक सातादेखि भारतमा दैनिक ३ लाख भन्दा बढीमा कोरोना संक्रमण देखिरहेको छ ।
बिहीबार बिहानसम्म २ लाख ६९ हजार ५ सय०७ जना कोरोना संक्रमण मुक्त हुँदा हाल भारतमा ३० लाख ८४ हजार ८१४ जनामा सक्रिय कोरोना संक्रमित रहेका छन्। कूल १ करोड ८३ लाख ७६ हजार ५२४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै, एकैदिन ३ हजार ६४५ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ। भारतमा कोरोना संक्रमणका कारण २ लाख ४ हजार ८३२ जनाको ज्यान गइसकेको छ ।