काठमाडौं, बैशाख १७
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार ४५२ जना कोरोना संक्रमित थपिएका छन ।यस अवधिमा ३ हजार ४९८ संक्रमितको मृत्यु भएको छ।भारतमा यही अप्रिल २१ यता दैनिक ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन । खुला सीमा,दुई देशका नागरिकबीच नजिकको सम्बन्धको कारणले गर्दा पनि भारतमा कोरोना संक्रममण बढिरहदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ ।




















