१७ वैशाख, काठमाडौं
आज एकैदिन ५,७२७ जना कोरोनाका बिरामी थपिएका छन । आज १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय बिरामी रहेका छन । सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट आज थप ३३ जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तीन हजार २४६ पुगेको छ । त्यस्तै आज ९२८ कोरोना भाइरसका बिरामी कोरोनाबाट मुक्त भएका छन ।


















