
तानसेन २२ बैशाख
नेपाल पत्रकार महासंघ पाल्पाले पत्रकारहरुको ५ बेडको आईसोलेसन संचालन गर्ने भएको छ । पत्रकार महासंघ पाल्पा शाखाको आफ्नै भवनमा चिकित्सक तथा अक्सिजन सुविधा सहित ५ वेडको आईसोलेसन संचालन गर्न लागेको हो । पत्रकार दिनहु रिपोटिङ्गको क्रममा सक्रमण हुन सक्ने जोखिम भएकोले पुवै तयारी अवस्थामा ५ बेडको आईसोलेसन संचालन गर्न लागेको अध्यक्ष रेखीराम रानाले बताए । आईसोलेसन वेड संचालनको लागी उपाध्यक्ष भरत शर्माको सयोजकत्वमा सचिव यज्ञमुर्ति तिमिल्सीना र कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने रहेको ३ सदस्यीय पत्रकार आईसोलेसन वेड व्यबस्थापन समिती गठन गरेको छ । पाल्पामा महासंघमा आवद्ध ९९ जना र क्रियासिल १५ जना गरी १ सय १४ जना पत्रकारहरु रहेका छन । अधिकाश पत्रकारहरु सदरमुकाममा डेरा गरी बस्दै आएकोले सक्रमण भएमा पत्रकारहरुको लागी पाँच बेडको आईसोलेसन निर्माण गरिएको अध्यक्ष रानाले बताए ।
पत्रकार महासंघका सदस्य हरि बहादुर बिक (सुवास) का पिता लोक बहादुर बिकको दुबै मृर्गौलाले काम गर्न नसक्ने भएकोले मर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएकोले महासंघको तर्फबाट ७ हजार रुपैयाँ सहयोग गर्ने र शाखा सदस्यहरु अन्य सहयोगी ब्यक्ति तथा संस्थाहरुलाई स्वेच्छिक सहयोग जुटाउने गरी काम शुरु गरेको शाखा सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताए । जिल्ला भित्र आइसोलेसन ब्यवस्थापन तथा संचालनका लागि जिल्लाको लुम्विनी मेडिकल कलेज, मिशन अस्पताल र पाल्पा अस्पताल, स्थानीय स्वास्थ्यकर्मीसितको समन्वय मिलाउने गरी पत्रकार परिचालन गरिएको पत्रकार महासंघ पाल्पा शाखाले जनाएको छ ।