युवाहरु नेतृत्वमा आउन आवश्यक छ: युवा नेता गैरे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु

नेकपा एमालेको आसन्न नवौं जिल्ला अधिबेशनको नजिकिदै गर्दा नेतृत्वमा आउनेहरुको उम्मेदवारी घोषणा गर्नेहरुको चर्चा बढीरहेको छ। यसै बिच नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु) स्थायी कमिटी सदस्य तथा कपिलवस्तु पार्टी जिल्ला सचिवालय सदस्य समेत रहेका युवा नेता टुकलाल गैरेले पार्टीको नेतृत्वमा युवाहरुले बिशेष स्थान पाउनु पर्नेमा जोड दियका छन्।

पुराना नेताहरुको उचित व्यावस्थापन सहित पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन युवाहरुलाई नेतृत्वमा ल्याउनु पर्ने जरुरी रहेको कुरा उठाएका छन् । पार्टीका केही नेता काङ्ग्रेस माओवादीको उस्कावहटमा लागेर क्षणिक लाभको लागी पार्टी छाडेर गएको यो अवस्थमा पार्टीलाई पुरानै लयमा ल्याउन समेत युवाहरुलाई नेतृत्वमा ल्याउनु पर्ने जोड दिएका छन् ।

युवाहरूलाई सदैव पछाडि छाडिनु एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु नै हो उनले राजनीतिक परिवर्तनका ठूल्ठुला आन्दोलनमा युवाहरूको उल्लेख्य भूमिका रहेकोले पार्टीको नेतृत्वमा पनि युवाहरूलाई बिशेष स्थान पाउनु पर्नेमा जोड दिएका छन्।

 


प्रकाशित : २०७८ पुष २०, मंगलवार १४:२६