
लुदस, कपिलवस्तु
पछिल्लो समय स्थानिय निकायका जनप्रतिनिधिहरुमा सुविधाको सोख र विलासिताको जिवन मोह बढ्दै जाँदा समेत आफ्नै निजि मोटर साईकल प्रयोग गर्दै आएका कपिलवस्तुको शुद्धोधन गाउँपालिका का अध्यक्ष निसार अहम्द खाँ दुर्घटनामा परेका छन् ।
आज दिउसो शुद्धोधन ६ का जुम्मन मुसलवान का छोरा को नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय तौलिहवा जादैँ गर्दा दोहनी नजिक दुर्घटनामा परेका हुन् । दुर्घटनाबाट अध्यक्ष खाँ को दाया हातमा चोट लागेको र जिल्ला अस्पताल तौलिहवामा उपचार पछि घर फर्किएको जनाईएको छ । उनि आफैले चलाएको लु १३ प ६५३६ नं मोटर साईकलमा एक्कासि बच्चा दौडिदै बाटोक्रस गर्न आएपछी बचाउन खोज्दा मोटरसाईकल सहित आफु पल्टिएको उनले बताए ।