
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाण्गांगा नगरपालिका वडा नम्बर ८ स्थित बाणगंगा स्वयम् हेरचाह कृषि समूहलाई एक कार्यक्रमका बिचमा नगद ७० हजार रुपैँयाको चेक हस्तान्त्रण गरिएको छ ।
वडा नम्बर ८ स्थित मोतिपुर स्वाथ्य चौकीमा आयोजित कार्यक्रम मार्फत कालिका स्वाबलम्बन केन्द्र कपिलवस्तु तथा आधारभूत स्वास्थ्य परियोजनाले लक्षित बर्गका नागरिकहरुलाई आयआर्जनमा क्रियाशिल गराउन र सीपमूलक कार्य गर्नका लागि सो रकम प्रदान गरेको जनाइएको छ ।
कार्यक्रममा बाणगंगा हेरचाह कृषि समूहका अध्यक्ष पवित्रा कुवँरको अध्क्षता तथा वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुषालको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कोर्डिनेटर निशान गुरुङ, हर्नामपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा.गंगाराम यादवलगाएतको उपस्थिती रहेको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
प्रमूख घिमिरेको स्ांचालन रहेको सो कार्यक्रममा परियोजनाको उद्धेश्यमाथि जिल्ला कोर्डिनेटर निशान गुरुङले प्रकाश पार्नुभयो भने वडा अध्यक्ष गुणानिधी भुषालले समुहलाई चेक हस्तान्त्रण गर्दै लक्षित वर्गलाई फाइदा हुने गरी आयआर्जन र सीपमूलक कार्य गर्नका लागि १५ दिन भित्रै योजना बनाई वड कार्यालयमा पेश गर्न आग्रह गर्नुभएको छ । यस्तै उहाँले अपांगता भएका व्यक्तिहरुले संचालन गरेका समुहहरुलाई वडा कार्यालयबाट प्रवाह हुने सेवा सहित लक्षित समुहले आयआर्जन र सीपमूलक कार्यका लागि पहल गरे आफुले पनि प्राथामिकतामा राखी सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा ३० जना अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हर्नामपुर प्राथामिक स्वास्थ्य केन्द्रका गंगाराम यादवले कुष्ठरोग, तथा हात्तीपाईले भई अपाङ्ग भएका व्यक्तिहरुको अहिलेको अवस्थाका बारेमा सम्बोधन गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा कुष्ठरोग तथा हात्तीपाईले आदी रोगहरुका कारण अपाङ्गता भएकाहरुलाई घरमै कसरी हेरचाह गर्ने लगाएतका विषयमा मोतिपुर स्वास्थ्य चौकी प्रमूख घिमिरेले सहजिकरण गर्नुभएको थियो ।