
हरि आचार्य, कपिलवस्तु
करिव २ दशक देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका टुकलाल गैरेले एमाले कपिलवस्तुको जिल्ला कमिटि सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
वि.स.२०६० साल देखि राजनीति सुरु गर्नुभएका गैरेले एमाले कपिलवस्तुको सदस्यमा आफु आवश्यक रहेको भन्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो । यहि पुस २३ र २४ गते हुने पार्टीको जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, विद्यार्थी, युवा वर्ग र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम जिल्ला कमिटि सदस्यमा उम्मेद्वारी दिने निर्णय गरेको गैरेले बताउनुभयो ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा कपिलवस्तु पार्टी जिल्ला सचिवालय सदस्य समेत रहेका युवा नेता टुकलाल गैरेले नेकपा एमालेको अधिवेशनमा जिल्ला सदस्यको लागि उम्मेद्वारी दिने बताउनु भएको छ । त्यस्तै उहाँले अनेरास्ववियु लुम्बिनी प्रदेश सह ईचार्जको जिम्मेवारी सम्हाल्नुभएको छ भने जिल्लाको विद्यार्थी ईन्चार्जको जिम्मेवारी पार्टीले प्रदान गरेको छ ।
विद्यार्थी जीवनबाट राजनीति सुरु गर्नुभएका गैरेले अनेरास्ववियु कपिलवस्तुको नेतृत्व गर्दै पार्टीमा महत्त्वपूर्ण योगदान पु-याउनुभएको भएको छ । युवा नेता गैरेले समुदायको हक हितका लागि आफ्नो उर्जावान समय समर्पण गर्दै आउनु भएको छ । उहाँले नेता र
शुभेच्छुकहरूसँगको परामर्शमा सदस्य पदमा उम्मेदवारी दिन लागेको उहाँले बताउनु भएको छ । विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र विद्यार्थी तथा युवाहरुलाई राजनीतीमा पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।
गैरे पार्टी एकताको समय देखिनै पार्टीका अध्यक्ष केपी शर्मा ओलीका हार्ड लाईनरको रुपमा चिनिनुहुन्छ ।

