
लुदअ, कपिलवस्तु
कपिलवस्तुमा मिलको पट्टामा परेर एक बालकको ज्यान गएको छ ।
जिल्लाको शुद्धोधन गाउँ पालिका वडा नं २ भुसुडीमा सञ्चालित मिलको पट्टामा चिप्लेर ७ बर्षिया बालक को मृत्युु ज्यान गएको छ ।
भुसुडीमा बस्ने तबारक मुसलमान चिन्कु को पाहुना आएका रुपन्देही को गैडहवा गाउँ पालिका वडा नं १ भुजौली का सद्दाम हुसेन मुसलमान को छोरो सुफियान अहमद मुसलमानको ज्यान गएको प्रहरीले बताएको छ ।
भुसुडिमा रहेको सुग्रिम भुजको चिउरा मिलको पट्टामा परेर ज्यान गएको बताईएको छ । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पाठाईएको छ ।