
लुदअ, कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुलको अगाडि गतराती सवारी साधनको ठक्करबाट भलवाड ९ का प्रज्वल भुसालको मृत्यु भएको हो ।
पिपरामा रहेको काठमाडौ भ्याली रेष्टुरेण्टका संचालक समेत रहेका भुसाललाइ सवारी साधनले ठक्कर दिंदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
उनी होटेलबाट खाजा डेलिभरिका लागि जादा सो घटना घटेको हो । ठक्कर दिने सवारी साधन फरार रहेको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको ईन्स्पेक्टर दिनेश गुरुङले जानकारी दिए ।