तिनाउँ गाउँपालिकाले कोभिड विरामीको लागी १० वेडको कोभिड अस्पताल संचालन गर्ने ।

[sharethis-inline-buttons]

कृष्ण पोखरेल

पाल्पा ०६ माघ
कोरोना सक्रमणको दर उच्च भएपछि तिनाउँ गाउँपालिका दोभानले १० बेडको कोभिड आईसोलेसन अस्पताल पुन संचालन गर्ने निर्यण गरेको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्ष, विभिन्न शाखा प्रमुखहरुको सहभागितामा बसेको बैठकले गाउँपालिका भित्र पनि सक्रमितहरुको दर दिनहु बढ्दै गएपछि १० बेडको कोभिड अस्पताल पुन संचालन गर्ने निर्यण गरेको हो । अस्पतालको लागी चाहिने वेड अक्सिन, औषधी तथा अन्य सरसमानहरु तयारी अवस्था राख्ने बैठकले निर्यण गरेको छ । कोभिड सक्रमण बाट गंभिर विरामी भएका व्यक्तिहरु लाई गाउँपालिकाकै कोभिड अस्पतालमा राख्न सकिने, गाउँपालिकाकै स्वास्थ्यकर्मीबाट दिनहु निगरानी गरिने गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले बताए । जिल्ला कोभिड व्यवस्थापन समिती तथा जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड नियन्त्रणको लागी गरेका सबै निर्यणहरु कार्यान्वयन गर्ने बैठकले निर्यण गरेको अध्यक्ष घर्तीमगरले बताए । दोभान स्वास्थ्य चौकी दोभानमा दैनिक रुपमा निशुल्क रुपमा एन्टिजेन परिक्षण कार्यक्रम संचालन गर्ने पालिका अध्यक्ष घर्तीले बताए ।


प्रकाशित : २०७८ माघ ६, बिहीबार १८:०७