
हरि आचार्य, कपिलवस्तु
जीवन र मृत्यु जस्तो जीवनको संवेदनशिलमा विशेष भुमिका रहने संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुले चौथो स्थापना दिवस भब्यताका साथ मनाएको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको चौथो स्थापना दिवस द्धिप प्रज्वलन गर्दै भब्यताका साथ मनाएको संघका जिल्ला अध्यक्ष कमल घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष घिमिरेले देशै भर छरिएर रहेका सम्पुर्ण एम्बुलेन्स चालकहरुलाई सयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको चौथो स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सेवा नै धर्म हो भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
केहि समय अगाडि सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष कमल घिमिरेको नेतृत्को नयाँ कार्य समितिले संघका गतिविधिहरुलाई सक्रिय रुपमा अगाडि बढाउदै गएको छ ।
अध्यक्ष घिमिरेले बिरामीहरुको उपचारका लागि २४ सै घण्टा अनवरत रुपमा खटिने एम्बुलेन्स चालकका समस्या, चुनौती, समाजले हेर्ने दृष्टिकोण तथा अप्ठ्याराहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । अध्यक्ष घिमिरेले कोरोनाको तेस्रो लहरको जोमि बढ्दै गएको हुँदा आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै विगतका दिनमा एम्बुलेन्स चालकको भुमिका उल्लेखनीय रहेको बताउनुभयो ।
दिवसको असरमा आयोजित द्धिप प्रज्वलन कार्यक्रममा संघको कार्यसमितिका पदाधिकारीसंगै सदस्यहरुको उपस्थिती रहेको थियो ।