ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एजेण्टको भरमा भिजिट भिसामा यूएई आएर कमाउँछु भनेर नसोच्नुहोस्

लुम्बिनी दर्पण २०७८ माघ १२, बुधबार १७:४८
[sharethis-inline-buttons]

माघ १२, बुद्धि मगर, हाल यूएई
यतिबेला जताततै चर्चा भिजिट भिसाको छ । नेपालीहरू ठगिएको, समस्यामा परेको, सरकारले समिति गठन गरेको यस्तै खबरहरू बारम्बार आइरहेका छन् ।

हो विदेशिनु हाम्रो बाध्यता जस्तै भएको छ । हर कोहीको आ–आफ्नै बाध्यता छ । बाध्यतामा फसेकाहरूलाई जतिसक्दो छिटो विदेश पुगिहाल्न पाए हुन्थ्यो भन्ने मनमा लाग्छ ।

त्यही हतारोको एउटा माध्यम अहिले भिजिट भिसा भएको छ ।

म पनि यही बाटो समाएर यहाँ आइपुगेको हुँ । मेरो पनि आफ्नै कथा थियो विदेशिन पर्ने । बाध्यतामा परेकाहरूलाई एजेण्टले जान्न भन्दा पनि छाड्ने वाला थिएनन् ।

राम्रो कमाइ हुन्छ भनेर उनीहरूले दिने गफ र आश्वासनले सबै हो झैँ बनाउने रहेछन् । म पनि त्यही गफ र आश्वासनमा विश्वास गरेर केही वर्षअघि यूएई सरमा टेकेको हुँ ।

झट्ट हेर्दा युरोपको झल्को दिने यूएई सुन्दर छ । हामीजस्ता सामान्य मानिसका लागि यो सपनाको सहर हो । हेर्दा जति सुन्दर देश छ त्यति नै सुन्दर नियम, कानुन, र यहाँको परिवेश पनि छ । यहाँ भिज्न थालेपछि लाग्छ म परदेशमा होइन आफ्नै देशको कुनै सहरमा छु ।

खाडी भनेपछि हेला गरिहाल्ने हाम्रो नेपाली समाज छ । तर राम्रो सीप भएका र पढेलेखेकाहरूका लागि यूएई कुनै युरोप अमेरिका भन्दा कम रहेनछ भन्ने अनुभव गरेको छु मैले ।

मानिसहरू कोरिया, युरोप, जापान, अस्ट्रेलिया गएको देख्दा मलाई पनि नेपालमा हुँदा खाडी देश पनि के जानू र भन्ने लाग्थ्यो । तर यहाँ आएपछि राम्रोसँग बुझ्ने अवसर मिल्यो । कमाउनका लागि राम्रो देश मात्र होइन आफ्नो हातमा सीप पनि चाहिने रहेछ ।

एउटा कामदारले हजारमा तलब खाएको सुनेको मैले यही आएपछि तीन चार लाख रुपैयाँ सजिलै कमाएको पनि आफ्नै आँखाले देखेँ । तर देखेर मात्र हुँदैन त्यो कुरा हासिल गर्न आफ्नो हातमा सीप, दक्षता र क्षमता त चाहिन्छ नै ।

तर अहिले भिजिट भिसामा यस्ता मानिसलाई पठाइन्छ जसले पढाइको नाममा एसइई पनि पास गरेको छैन । अङ्ग्रेजीको नाममा आफ्नो नाम पनि भन्न जान्दैन । एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्न जान्दैन । हातमा कुनै सीप छैन । छ त केबल राम्रो काम लगाइदिन्छु भन्ने एजेण्टको आश्वासन मात्र । अनि दुःख त त्यसै भइहाल्छ नि ।

हातमा सीप र दक्षता हुनेलाई यहाँ अवसर धेरै छ । ६ महिनापछि कम्पनी परिवर्तन गर्न सक्ने यूएई सरकारको नियम छ । राम्रो काम र अवस आयो भने कम्पनी फेर्न पनि सकिन्छ । आफैँले काम खोजेर, आफैँले अप्लाइ गरेर पनि जागिर खान सकिन्छ ।

आफ्नो क्षमताले अन्तर्वार्ता पास गरेर जागिर खादा कुनै शुल्क लाग्दैन । तर यहाँ त एजेण्टहरु हुन्छन् । उनीहरूले पैसा खाने मौका कुरेर बसेका हुन्छन् । हो हामी उनीहरूको जालमा फस्न हुँदैन ।

यहाँ आउने सबैले बुझ्न पर्ने कुरा के हो भने काम आफ्नो दक्षताले पाउने हो न कि कोही एजेण्टले भनेर पाउने होइन ।

सीप छैन, अङ्ग्रेजी पनि जान्नुहुन्न भने यूएईमा भिजिट भिसामा आएर काम गर्छु भन्नु ठुलो मूर्खता हुनसक्छ । भाग्यले राम्रो काम र कम्पनी पर्‍यो भने फरक कुरा हो । नत्र दुःखको भुमरीमा त तपाईँ निश्चित पनि पर्नुहुन्छ ।

किनकि यहाँ हरेक कामको लागि अन्तर्वार्ता दिनपर्छ र त्यो अन्तर्वार्ता विशेष गरी अङ्ग्रेजी भाषामा हुने गर्छ । आफूमा भाषाको दक्षता नभएपछि तपाईँ त्यही कमजोर साबित हुनुहुन्छ । दुई तीन महिनाको भिजिट भिसामा आउँदा घुम्न जान सकिँदैन । यो समयमा काम पाइएन भने कि त नेपाल नै फर्कन्न पर्‍यो कि त फेरि एजेण्टको जालमा फस्नु पर्‍यो । त्यसको अर्को विकल्प हुँदैन ।

घर फर्कन्न पनि समस्या हुन्छ । नेपालबाट आउँदा दुई चार लाख फसेको हुन्छ । थोरै तलबमा काम गर्न मनले दिँदैन । घर फर्कन्न साहुको ऋणले दिँदैन । तपाईँ यदि भिजिट भिसामा यूएई आउँदै हुनुहुन्छ भने यो कुरा बुझ्न जरुरी छ।

तपाईँसँग सीप छैन र भाषाको पनि ज्ञान छैन भने नआउँदा नै राम्रो हुन्छ । तर यदि सीप छ र भाषामा पनि ज्ञान छ भने तपाईँले आफूले आफूलाई प्रमाणित गर्ने थलो बन्न सक्छ यूएई । तर एजेण्टको भरमा भिजिट भिसामा गएर काम गर्छु भनेर सोच्नु चाहिँ गलत नै हुन्छ ।

उज्यालोबाट साभार

 


प्रकाशित : २०७८ माघ १२, बुधबार १७:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech