बाणगंगा २ मा नेतृत्व विकास कार्यक्रम संम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,
कपिलवस्तुको बाणगंगा वडा नं २ को सहयोग र लुम्विनी दर्पणको आयोजनामा आज २ दिने नेतृत्व विकास तथा उद्धघोषणकला सम्बन्धी कार्यक्रम संम्पन्न भएको छ ।


लक्षित वर्गको कार्यक्रम अन्र्तरगत वडा को भवनमा कार्यक्रम संम्पन्न भएको हो । कार्यक्रममा वडा भरिक का करिव ३५ जना सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वडामा भएका भौतिक विकास संगै नागरिकको क्षमता विकास भए मात्र संमृद्ध वडा बन्ने भन्दै तालिममा सिकेका विषयहरुले सहभागीको क्षमता र आत्मविश्वसमा परिवर्तन ल्याएको बताए ।

वडा सचिव नरेन्द्र प्रसाद पोख्रेल ले नेतृत्व विकास तालिम आफैमा परिवर्तन ल्याउने हुदाँ व्यक्तिको विकासले समुदायमा समेत परिवर्तन ल्याउनुपर्ने बताए ।

सहभागीका तर्फबाट बोल्दै माया परियार र रगुनाथ वि. क ले यस प्रकारको तालिम ले व्यक्तित्व विकासमा महत्वपुर्ण टेवा पुगेको भन्दै आगामी दिनमा अझ धेरै दिन समय थप गरेर तालिम आयोजना गर्न वडामा माग गरेका थिए । साथै उनिहरुले तालिममा व्यवहारिक ज्ञानका साथै सामाजिक रुपान्तरणमा टेवा पुग्ने गतिविधिहरुको ज्ञान बढेको बताएका थिए ।

तालिममा लुम्बिनी दर्पणका प्रबन्ध निर्देशक मोहन बेल्वासे र कार्यकारी सम्पादक थानेश्वर अधिकारी र बजार प्रमुख पुर्ण चन्द्र परियारले सहजिकरण गरेका थिए ।

 


प्रकाशित : २०७८ माघ १४, शुक्रबार १८:२६