
हरि आचार्य, कपिलवस्तु
वैदेशिक रोजगारीको शिलशिलाबाट स्वदेश फर्किदै गरेका कपिलवस्तुका एक युवा ६ दिन देखि सम्पर्क बिहिन भएका छन् । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुर निवासी अन्दाजी ३० वार्षिय युवा रिम बहादुर खड्का ( रने) वैदेशिक रोजगारीबाट स्वदेश फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी यात्राबाट फर्किएको ६ दिन भयो । अहिले परिवार संग सम्पर्क बिहिन भएका छन् । उनी माघ ९ गते बिहान अन्तराष्ट्रिय बिमानस्थल काठमाडौ र आएपछि सोही साँझ नाईट गाडी चडेर घर आउने परिवार संगको फोन सम्वातमा कुरा भएको परिवारले जनाएको छ ।
त्यसपछि उक्त दिन बाट परिवार संग उनी सम्पर्कमा नरहेको बताएका छ्न । खड्का सङ १ थान टि भि, ब्लाङ्केट, नेपाली रुपैयाँ अन्दाजी दुई लाख र परिवारलाई खानेकुरा समेत ल्याएको उनकी श्रीमतिले जानकारी दिएकी छन् । उनी वैदेशिक यात्रामा नजाने र नेपालमै केहि गर्ने उद्देश्यका साथ नेपाल आएका थिए । उनको खोजिका लागि परिवार दिनरात यताउता भैतारि रहेका छन तर केहि कुरा पता लागेको छैन ।
खड्कालाई खोजी दिन परिवारले नेपाल प्रहरि, आफन्त, ईस्ट्मित्र, पत्रकार, विभिन्न संघसंस्थासंग अपिल गरेका छन । उनी साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि तिन बर्षबाट कार्यरत थिए । बेला बेला घरपरिवार संग भेटघाटका लागि पनि आउने जाने गरेको परिवारले बताएका छ्न । उनका एक छोरा र पत्नी रहेका छ्न । कोहि कसैले देखेमा नजिकैको प्रहरी कार्यलय वा उनका आफन्त को सम्पर्क नम्बरः– ९८००७२२५५३, ९८६३६३१६११ र ९८६७२२५४२२ मा सम्पर्क गरिदिनु हुन अनुरोध समेत गरिएको छ ।