
लुदअ, कपिलवस्तु
अखिल छैठौं शिवराज नगर समिति र रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको बैठक राष्ट्रिय जनमोर्चा कार्यालय चन्द्रौटामा सम्पन्न भएको छ । अखिल छैठौं नगर सचिव टिना अदैको अध्यक्षता र जिल्ला अध्यक्ष सँजीला बुढा मगरको उपस्थितिमा सम्पन्न बैठकले यही माघ २९ गते द्रोसो नगर भेला शिव राज ३ खरेन्द्रपुरमा गर्ने निर्णय गरेको छ ।
यस अघि अखिल छैठौंको गाउँ कमिटी गठन, भेला गर्ने निर्णय गरेको छ । यही माघ १७ गते शिवपुर, माघ १९ गते नयाँ बस्ती, माघ २२ गते मधवा र खैरी, माघ २६ मा खरेन्द्रपुर गर्ने निर्णय गरिएको छ । यस्तै गरी रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको बैठक समितिका अध्यक्ष बेगम बुढाको अध्यक्षतामा सम्पन्न भएको छ । समितिले अखिल छैठौं संगनै यही माघ २९ गते संयुक्त भेला गर्ने निर्णय गरेको छ ।
बैठकमा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुक केन्द्रीय सदस्य केर सिंह अदै, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा शिवराज नगर अध्यक्ष केअर सिंह पुन, जातिय समता समाज पूर्व केन्द्रिय अध्यक्ष दिल बहादुर विकको उपस्थिति रहेको थियो ।