हाम्रो दिगो वचत तथा ऋण सहकारीमा पाण्डेको नेतृत्व

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस
हाम्रो दिगो वचत तथा ऋण सहकारी संस्था बाणगंगा २ कपिलवस्तुको १२ औ वार्षिक साधारणसभा तथा ५ औ अधिवेशन आज संम्पन्न भएको छ ।
संम्पन्न अधिवेशनले शैक्षिक व्याक्तित्व सुरेन्द्र पाण्डे को अध्यक्षतामा ११ सदस्य नयाँ  समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा भगवान बहादुर कार्की सचिवमा यादव मरासिनी, कोषाध्यक्षमा कृष्ण प्रसाद गैरे सदस्यहरुमा रत्न बहादुर कार्की, हेमनाथ पौडेल, रत्नबहादुर क्षेत्री, बुद्धि बहादुर कार्की, ममता राना मगर, खुमकला घिमिरे, तुल्सी कार्की लगाएत रहेका छन् । त्यसैगरि ३ सदस्य लेखा समिति चयन भएको छ ।

जसको संयोजकमा गोमा श्रेष्ठ सदस्यहरुमा प्रेम बहादुर थापा , विश्व पाण्डे रहेका छन् । अधिवेशनमा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सांसद विष्णु पंन्थी, विशिष्ट अतिथि वडा नं २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल लगाएतले नव निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै संस्थागत प्रगतिको शुभकामना व्यक्त गरेका थिए । नव निर्वाचित पाण्डेले आफ्नो कार्यकालमा नगरमै नमुना सहकारीको रुपमा विकास गर्दै संस्थागत विकासमा जोड दिने बताएका थिए । साथै उनले अधिवेशन संम्पन्न गर्न ओरात्र खट्ने सम्पुणर्प्रति आभार समेत प्रकट परेका छन् ।


प्रकाशित : २०७८ माघ १७, सोमबार २०:५०